बुटवल । सहकारी ठगी र संगठित अपराधका आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज तोकिएको छ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार दुबैको मुद्दा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश तेजनारायण पौडेल र सागर बिष्टको संयोजित चार नम्बर इजलाशमा पेशी परेको हो। यसअघि सार्वजनिक बिदाका कारण सुनुवाइ स्थगित भएको थियो।
बुटवलस्थित सुप्रिम सहकारी संस्थामा भएको ठगी तथा संगठित अपराध मुद्दामा उनीहरूको पेशी गत भदौ १३ पछि निरन्तर सारिँदै आएको छ। सहकारीमा भएको अपचलनसम्बन्धी बिगो रकम दाखिला गरिसके पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेलाई रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षमै रहेका छन्।
प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते बिहिवार





