मकवानपुर । पूर्वि मकवानपुरको बकैया गाउँपालिकामा आगामी पौष १९ गते खुल्ला ५ किलोमिटर दौड प्रतियोगिता हुने भएको छ । हात्तीखोला युवा क्लबको आयोजनामा पहिलोपटक दौड प्रतियोगिता गर्न लागिएको हो । क्लबले पालिकामा खेलाडी उत्पादन तथा खेलाडीलाई प्रोत्साहन गर्ने मुल उदेश्यले कार्यक्रम आयोजना गर्ने लागेको आयोजक क्लबका अध्यक्ष तथा संयोजक जिकेश सापकोटाले बताए ।
सामाजिक कार्यमा सक्रिय क्लबले विगतमा सरसफाइ कार्यक्रम, पोलमा सडक बत्ती हाल्ने लगायतका काम गरिसकेको छ भने पछिल्लो समय खेलकुदलाई प्राथमिकता दिएर खेलाडी उत्पादन गर्ने लागिपरेको अध्यक्ष सापकोटाले बताए। सापकोटा भन्छन् ‘हाम्रो क्लबले बकैयाको अतिविपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने तयारी गरेका छौँ।’
क्लबले दौड प्रतियोगितामा प्रथम पुरस्कार नगद १५ हजार, दोस्रो पुरस्कार नगद १० हजार , तेस्रो पुरस्कार नगद ५ हजार , चौथो पुरस्कार नगद ३ हजार , पाँचौ, छैठौं र सातौँ हुने खेलाडिलाई समेत नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र दिने आयोजकले बताएको छ ।





