काठमाडौँ। “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने मूल नाराका साथ गरिमा विकास बैङ्क लिमिटेडद्वारा १९औँ वार्षिकोत्सवको अवसरमा आयोजित गरिमा रोड रेस–२०८२ आज (मङ्सिर ६, शनिवार) काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। गत वर्षदेखि सुरु गरिएको यो प्रतियोगिताको दोस्रो संस्करण हो।
यस वर्ष प्रतियोगिता खुला, कर्पोरेट र भेट्रान गरी ३ विधामा, महिला र पुरुष दुवैतर्फ जम्मा ६ प्रतिस्पर्धात्मक दौड आयोजना गरिएको थियो।
प्रतियोगिताको रुट खुला १० किमी दौड
सुरु : गरिमा विकास बैङ्कको प्रस्तावित केन्द्रीय कार्यालय, बालुवाटार → नारायणगोपालचोक → हात्तीगौडा → बुढानीलकण्ठ–३ कार्यालय; पुनः सोही मार्ग हुँदै बालुवाटार फर्केर समापन; कर्पोरेट तथा भेट्रान ५ किमी दौड: सुरु : बालुवाटार → नारायणगोपालचोक → न्युरो अस्पताल, बाँसबारी पुनः बालुवाटार फर्केर समापन
एक हजारभन्दा बढी धावकको सहभागिता प्रतियोगितामा १,००० भन्दा बढी धावक सहभागी भएका थिए।
विजेता—खुला १० किमी
महिला प्रथम: ओलम्पियन सन्तोषी श्रेष्ठ, समय– ३४:५४
पुरुष प्रथम: नेपाल आर्मीका राजन रोकाया, समय– २९:१२
नेपाल आर्मीका धावकहरूले खुला पुरुषतर्फ सबै उपाधि र महिलातर्फ ४ उपाधि आफ्नो पक्षमा पार्न सफल भए। नगद पुरस्कार, मेडल र प्रमाणपत्र
खुला १० किमी विजेताहरूलाई:
प्रथम : रु ५०,०००
द्वितीय : रु ३५,०००
तृतीय : रु २०,०००
चतुर्थ : रु १५,०००
पँचौं : रु १०,०००
कर्पोरेट तथा भेट्रान ५ किमी विजेताहरूलाई:
प्रथम : रु ३०,०००
द्वितीय : रु २०,०००
तृतीय : रु १४,०००
चतुर्थ : रु १०,०००
पँचौं : रु ७,०००
कार्यक्रममा उच्चस्तरीय सहभागिता
कार्यक्रममा विकास बैङ्कका सञ्चालक, पूर्व सञ्चालक, शेयर धनी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, स्थानीय निकायका पदाधिकारी, पत्रकार तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वागत मन्तव्य दिँदै प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए।
समापन सत्रमा बोल्दै विकास बैङ्कका अध्यक्ष दिलीप प्रताप खाँणले भने—
“मानव स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो। खेलकुदले स्वस्थ समाज निर्माणमा ठूलो योगदान दिन्छ, त्यसैले आगामी वर्षहरूमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनेछौँ।”
भोलि ८ स्थानमा रक्तदान, १९ स्थानमा सामाजिक उत्तरदायित्व कार्यक्रम
बैङ्कले १९औँ वार्षिकोत्सवको अवसरमा मङ्सिर ७, आइतबार देशभर ८ स्थानमा रक्तदान कार्यक्रम तथा १९ स्थानमा सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गर्न लागेको पनि जनाएको छ।





