काठमाडौं । नेकपा एमालेले आज राजधानीको भृकुटीमण्डपमा वृहत जनसभा आयोजना गर्दैछ। ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी’ भन्ने नाराका साथ हुने जनसभाको तयारी पूरा भएको पार्टीले जनाएको छ।
जनसभाको आयोजना एमाले बागमती प्रदेश कमिटीले गरेको हो। जुलुससहित नेता–कार्यकर्ताहरू भृकुटीमण्डप पुग्ने कार्यक्रम रहेको छ। एमालेका शीर्ष नेताहरूले जनसभालाई सम्बोधन गर्नेछन्। जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि केहीबेरमै सभा औपचारिक रूपमा सुरु गरिने बताइएको छ।
जनसभा लक्षित सुरक्षा व्यवस्थाका लागि काठमाडौंका विभिन्न स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ। एमालेले शुक्रबार मात्रै ‘भोलेन्टिएर फोर्स’ घोषणा गरेको थियो, जसको संयोजकका रूपमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ।
प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते शनिवार





