
काठमाडौं, २५ जेठ । निर्वाचन आयोगमा समाजवादी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर बनेको ‘जनता समाजवादी पार्टी’ (जसपा) दर्ता भएको छ । दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेसँगै दल दर्ता गरिएको हो । जसपा दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव र महन्थ ठाकुर रहेका छन् । बैशाख १० गते मध्यरातमा दुई पार्टीबीच पार्टी एकताको सहमति जुटेको थियो । तर, नेतृत्वमा सहमति जुट्न नसक्दा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ (जसपा) दर्ता हुन सकेको थिएन ।
प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार