प्रचण्ड-माधवहरूको पार्टीको नाम नेकपा समाजवादी, चुनाव चिह्न तारा



काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित ८ वटा कम्युनिष्ट पार्टीहरू एकता प्रक्रियामा अघि बढ्ने सहमतिमा पुगेका छन्। सहमतिपत्रमा चुनाव चिह्न ‘तारा’ रहने उल्लेख गरिएको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ दलका शीर्ष नेताहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर गर्ने शीर्ष नेता

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ — अध्यक्ष, माओवादी केन्द्र

  • माधवकुमार नेपाल — अध्यक्ष, एकीकृत समाजवादी

  • सुवासराज काफ्ले — अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल

  • महेन्द्रराय यादव — अध्यक्ष, नेपाल समाजवादी पार्टी

  • चिरन पुन — महासचिव, नेकपा

  • राजु कार्की — अध्यक्ष, नेकपा समाजवादी

  • कर्णजित बुढाथोकी — अध्यक्ष, ने.क.पा. माओवादी समाजवादी

  • प्रेमबहादुर सिंह — अध्यक्ष, ने.क.पा. साम्यवादी

मुख्य सहमति

  • एकता राष्ट्रिय महाधिवेशन कात्तिक १९ गते गर्ने

  • आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन पूरा गर्ने

  • एकीकृत पार्टीको चुनाव चिह्न ‘तारा’ रहने

यसअघि, एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले शुक्रबार मात्र माओवादी केन्द्रलगायत दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो। यो एकता प्रक्रियालाई देशको वाम–राजनीतिक परिदृश्यमा ठूलो मोडको रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १७ गते आइतवार