काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेलमुक्त गरी नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन्।
शुक्रबार रास्वपाद्वारा आयोजित ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रममा बोल्दै उनले कांग्रेस र कम्युनिष्टजस्ता पुराना दलहरूलाई परास्त गर्न सबै नयाँ राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।
डा.भट्टराईले लामिछानेको नेतृत्व क्षमताको प्रशंसा गर्दै भने, “रविजीलाई पनि निकालौँ कुनै तरिकाले, उहाँको नेतृत्वको आवश्यकता छ। उहाँको मुद्दा बाहिर रहँदै फेस गर्ने वातावरण बन्न सके उहाँको प्रतिभा र क्षमता उपयोगी हुन्थ्यो।”
उनले नयाँ पुस्ता र वैकल्पिक सोच भएका शक्तिहरू मिलेर देशमा नयाँ राजनीतिक दिशा दिनुपर्ने पनि बताए।
प्रकाशित मिति : २०८२ कार्तिक १६ गते शनिवार





