‘नेपालभित्र जहाँ चाहिन्छ जान्छु, कुन लोकतन्त्रले थुन्छ ?’: ओली



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई उपत्यका बाहिर जान नदिन खोजिएको भन्दै सरकारले मौखिक आदेशमार्फत मनपरी गरेको आरोप लगाएका छन् । च्यासलमा आयोजित चियापान कार्यक्रममा उनले भने, ‘म नेपालभित्र जहाँ आवश्यक पर्छ, जान्छु । कुन कानुनले रोक्छ ? कुन लोकतन्त्रले थुन्छ ?’

ओलीले सरकारले दलहरूलाई चुनावी गतिविधिबाट रोक्दै चुनाव गराउने भन्दै व्यंग्य गरे । उनले भने, ‘जेल खाई संघर्ष गरेर आएका हामी कमजोर होइनौं ।’ प्रहरी बर्दीधारीहरू नै बूथमा अपराधी मनोवृत्तिसँग आउने अवस्था छ भन्दै उनले सरकारप्रति प्रश्न उठाए ।

प्रकाशित मिति : २०८२ कार्तिक २ गते शनिवार