काठमाडौं । एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत पेस गर्न खोज्दा अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन्।
थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर सीमा हटाउनेजस्ता प्रावधानमा फरक मत राख्दै प्रतिवेदन महाधिवेशन हलमै प्रस्तुत गर्ने तयारी गरेका थिए। तर, अध्यक्ष ओलीले फरक मतहरू हलमा पेस गर्नुको सट्टा १० वटा समूहमा भइरहेको छलफलमा राख्न निर्देशन दिएका छन्।
थापाको फरक मतसहितको प्रतिवेदन प्रतिनिधिहरूलाई बाँडिएको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार फरक मतमाथि छलफल रोकिएको होइन, तर त्यस्ता कुरा समूहगत छलफलमै गर्न भनिएको हो।
प्रकाशित मिति : २०८२ भाद्र २१ गते शनिवार





