एसपीजी अटोमोबाइल्सले नेपालमा सार्वजनिक गर्‍यो ‘आईकार भी-२३’



काठमाडौं । ओमोडा एन्ड जेईको को आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ इलेक्ट्रिक एसयूभी ‘आईकार भी–२३’ सार्वजनिक गरेको छ। ओमोडा, जेईको र आईकार तीनै ब्रान्ड चिनियाँ अटोमोबाइल निर्माता चेरी ग्रुपअन्तर्गतका हुन्।

चेरीले हालसम्म विश्वका ८० भन्दा बढी मुलुकमा १ करोड ३० लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ। नयाँ आईकार भी–२३ ले ‘रगेड एस्थेटिक्स’अत्याधुनिक प्रविधिलाई संयोजन गरी आफ्नो श्रेणीमा नयाँ ‘बेञ्चमार्क’ स्थापित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

मुख्य विशेषताहरू :

  • डिजाइन : ‘साइबर–टेक’ डिजाइनमा आधारित रेट्रो–क्लासिक एसयूभी

  • मोटर : १०० किलोवाटको सिंगल मोटर, ८० न्यूटन मिटर टर्क

  • ब्याट्री : ५९.९३ किलोवाट–आवर ब्याट्री प्याक

  • आयाम : लम्बाइ ४,२२० मि.मि., चौडाइ १,९१५ मि.मि., उचाइ १,८४५ मि.मि., ह्विलबेस २,७३५ मि.मि.

  • उपलब्धता : ६ विभिन्न रङका विकल्पमा

  • सुरक्षा : ७०% भन्दा बढी हाइ-स्ट्रेन्थ स्टिल, हाई-रिजिडिटी बडी संरचना, ‘इन्टरप्राइज–ग्रेड ब्याट्री सेफ्टी’

भित्री सजावट र आराम :

आईकार भी–२३ को स्पेसियस क्याबिनले यात्रुहरूको आरामलाई प्राथमिकता दिएको छ। अगाडिको भागमा सहज प्रवेश/निस्कने सुविधा छ भने पछाडिको सिटिङ क्षेत्र फराकिलो बनाइएको छ। साथै, भित्र प्रयोग गरिएका मेकानिकल नबहरू (डायलहरू) ले स्पर्शजन्य अनुभवसँगै आधुनिक स्टाइलिङलाई जोड दिन्छ।

कम्पनीका अनुसार, यो एसयूभीले विद्युतीय सवारीसाधनप्रतिको बढ्दो रुचि र उपभोक्ता मागलाई प्रतिबिम्बित गर्नेछ।

प्रकाशित मिति : २०८२ भाद्र ९ गते सोमवार