विद्यालय शिक्षा विधेयक भदौ ६ गते संसद्मा पेस हुने



काठमाडौँ । विद्यालय शिक्षा विधेयक आगामी भदौ ६ गते प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको छ। यसअघि विधेयकसम्बन्धी प्रतिवेदन भदौ ५ गते बिहान ८ बजे बस्ने शिक्षा समितिको बैठकले पारित गर्ने कार्यक्रम रहेको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए।

सोमबार बसेको समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तसहितका सम्बन्धित सरकारी अधिकारीहरुसँग छलफल गरिएको थियो। छलफलपछि विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाइएको हो। यसरी प्रतिवेदन पारित भएलगत्तै भदौ ६ गतेको संसद् बैठकमा विधेयक प्रस्तुत गरिने बताइएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार