२०८२ भाद्र ०२ गतेको राशिफल : यी ७ राशिका भाग्यको तारा रहनेछ मजबूत, व्यवसायबाट हुनेछ मनग्यै लाभ



📅 आजको पञ्चाङ्ग

वि.सं. २०८२ भाद्र ०२ गते, सोमवार
तदनुसार : ई.सं. २०२५ अगस्ट १८

  • संवत्सर : सिद्धार्थ

  • सूर्यायन : दक्षिणायन

  • ऋतु : वर्षा

  • कलिगत : ५१२६

  • शाके : १९४७

  • नेपाल संवत् : ११४५

  • किराँत वर्ष : ५०८५

  • मञ्जुश्री वर्ष : २८६१

  • हिजरी संवत् : १४४७

☀️ सूर्योदय/सूर्यास्त

  • इटहरी : सूर्योदय ५:२९, सूर्यास्त ६:२९

  • काठमाडौं : सूर्योदय ५:३५, सूर्यास्त ६:३८

  • पोखरा : सूर्योदय ५:४१, सूर्यास्त ६:४५

  • कञ्चनपुर : सूर्योदय ५:५४, सूर्यास्त ७:००

🌙 चन्द्र ग्रहण स्थिति

  • चन्द्रास्त : दिउँसो १:४८

  • चन्द्रोदय : १:१५ (मध्यरात्रीपछाडि)

  • चन्द्रमा : वृष राशिमा ४:१८ बजेसम्म, त्यसपछि मिथुन राशिमा

📌 तिथि, नक्षत्र, योग, करण

  • दशमी तिथि ५:५९ बेलुकासम्म, त्यसपछि एकादशी

  • नक्षत्र : मृगशिरा (३:३८ बिहानसम्म), त्यसपछि आर्द्रा

  • योग : हर्षण (१:२७ मध्यरात्रीसम्म), त्यसपछि वज्र

  • करण : वणिज (७:०३ बिहानसम्म), विष्टि/भद्रा (५:५९ बेलुकासम्म), त्यसपछि बब

अन्य विवरण

  • आनन्दादि योग : आनन्द

  • चन्द्रवर्ण : सेतो (४:१८ दिउँसो सम्म), त्यसपछि पहेंलो

  • चन्द्रदिशा : दक्षिण → पश्चिम

  • योगिनी दिशा : उत्तर (५:५९ सम्म), त्यसपछि आग्नेय

  • वारशूल : पूर्व

  • मृत्यु वाण : ६:१६ सम्म, त्यसपछि अग्नि वाण

  • कालराहु चक्र : कालको दिशा – वायव्य, पाशको दिशा – आग्नेय


⏳ आगामी ३ दिनभित्रका पर्व/उत्सव

  • ०३ गते : श्री अजा (जया) एकादशी व्रत, राष्ट्रिय सूचना दिवस

  • ०४ गते : श्री बुध प्रदोष व्रत

  • ०५ गते : जुग चह्रे पूजा, जुग यँ पञ्चदान

🌟 आजको विस्तृत राशिफल

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन तपाईँका लागि मिश्रित छ तर सकारात्मक अवसरहरू बढी देखिन्छन् । बोल्ने शब्द र वचनमा नियन्त्रण राख्नुपर्ने छ, किनभने राम्रो बोलिले दुश्मनलाई पनि आफन्त बनाउन सकिन्छ भने दुर्वचनले नजिकका साथी र परिवारलाई पनि टाढा पारिदिन्छ । कुनै अधुरो काम पूरा गर्ने अवसर छ, विशेष गरी करियर वा व्यापारिक क्षेत्रमा नयाँ सम्भावना देखिन्छ ।

धनसम्बन्धी पक्षमा पनि फाइदा हुने योग छ – कुनै उपहार, नगद वा अप्रत्याशित लाभ प्राप्त हुन सक्छ । सरकारी वा प्रशासनिक क्षेत्रमा काम गर्नेहरूलाई आज सिनियर अधिकारी वा हाकिम खुसी पार्ने अवसर मिल्नेछ । यात्राको सम्भावना देखिए पनि त्यसले नयाँ अनुभव दिनेछ ।

पारिवारिक वातावरण सामान्य रहनेछ तर परिवारका सदस्यहरूलाई सहयोग र समर्थन गर्नुपर्ने हुन्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ – विशेष गरी पेट वा मानसिक तनावतर्फ सचेत रहनुहोस् ।

👉 भाग्यबल : ६०%
👉 शुभ अंक : २ | शुभ रंग : घिउ रङ | शुभ दिशा : दक्षिण
👉 उपाय : कुनै काम सुरु गर्नु अघि ११ पटक “ॐ सों सोमाय नमः” मन्त्र जाप गर्नु लाभकारी हुनेछ ।


♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन वृष जातकका लागि खुसीमय रहने देखिन्छ । घरपरिवारमा मिलन, भेटघाट र रमाइलोको अवसर मिल्नेछ । विगतमा रोकिएका वा बाँकी रहेका कामहरू पूरा हुने सम्भावना छ । तर परिवारभित्र सानातिना विवाद, वाकयुद्ध वा मनमुटाव पनि हुनसक्ने देखिन्छ, त्यसैले धैर्यपूर्वक परिस्थितिलाई सम्हाल्नु बुद्धिमानी हुनेछ ।

कार्यस्थलमा नयाँ योजना वा रणनीति प्रयोग गर्दा ठूलो लाभ प्राप्त गर्न सकिनेछ । व्यवसाय गर्नेहरूका लागि नयाँ आम्दानीको स्रोत पत्ता लाग्ने दिन हो । जीवनसाथी वा साथीहरूसँग छोटो रमाइलो यात्रा गर्ने अवसर पनि मिल्ने सम्भावना छ ।

आज तपाईंले आफ्ना विचार र योजना अरूसँग साझा गर्दा सहयोग पाउनुहुनेछ । धार्मिक वा आध्यात्मिक कार्यमा रुचि बढ्ने दिन पनि हो ।

👉 भाग्यबल : ८०%
👉 शुभ अंक : १ | शुभ रंग : रङ्गीबिरङ्गी/छिरबिरे | शुभ दिशा : पूर्व
👉 उपाय : कुनै यात्रा वा नयाँ काम अघि बढाउनु अघि ११ पटक “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्र जाप गर्नु लाभकारी हुनेछ ।


♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज मिथुन राशिका जातकले मानसिक शान्ति कायम राख्न प्रयास गर्नुपर्ने दिन हो । पढाइमा ध्यान केन्द्रित गर्न मुस्किल पर्न सक्छ, विद्यार्थीहरूले ध्यान, योग वा मेडिटेसनलाई समय दिनु आवश्यक हुन्छ ।

आर्थिक रूपमा बाध्यता वा परिबन्दमा खर्च बढ्ने योग छ । कतिपयलाई नसोचेको घाटा वा खर्चको कारणले तनाव हुन सक्छ । त्यस्तै मान–प्रतिष्ठामा पनि केही आघात पुग्न सक्छ, त्यसैले आज विवाद वा अनावश्यक बहसबाट जोगिनु बुद्धिमानी हुनेछ ।

कामकाजी क्षेत्रमा, विशेषगरी सेवा वा कार्यालयमा काम गर्नेहरूले वरिष्ठसँग झगडा वा बहस नगर्नुहोस्, किनभने सामान्य कुरा नै ठूलो विवाद बन्नसक्छ ।

प्रेम सम्बन्धमा अनावश्यक शंका वा विवाद हुन सक्छ, त्यसैले धैर्य र विश्वास कायम गर्नु राम्रो हुन्छ ।

👉 भाग्यबल : ४५%
👉 शुभ अंक : ३ | शुभ रंग : सेतो | शुभ दिशा : उत्तर
👉 उपाय : २१ पटक “ॐ नमः पशुपतये” मन्त्र जाप गरेर दिनको सुरुवात गर्नुपर्छ ।


♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका जातकका लागि विशेष दिन छ । सहकर्मी वा साथीहरूसँगको प्रेम सम्बन्ध अझ प्रगाढ बन्नसक्छ । कार्यक्षेत्रमा पनि सकारात्मक परिणाम प्राप्त हुनेछ । तर रिस र अहंकारले समस्या ल्याउनसक्छ, त्यसैले आत्मसंयमित भएर अघि बढ्नु आवश्यक छ ।

घरजग्गा, भवन वा व्यवसायसँग सम्बन्धित विषयमा लाभ हुने दिन हो । नयाँ सम्झौता वा साझेदारीका अवसर पनि आउन सक्छन्, तर अरूको भरमा मात्रै काम नगर्नुहोस् ।

पारिवारिक जीवन सुखमय रहनेछ । विद्यार्थी तथा अनुसन्धानमा संलग्न व्यक्तिहरूका लागि राम्रो दिन छ ।

👉 भाग्यबल : १००%
👉 शुभ अंक : २ | शुभ रंग : घिउ रङ/सेतो | शुभ दिशा : पश्चिम
👉 उपाय : कुनै पनि काम सुरु गर्नु अघि ११ पटक “ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः” मन्त्र जाप गर्नु लाभकारी हुनेछ ।


♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिका जातकहरूको दाम्पत्य जीवन सुखमय रहनेछ । पारिवारिक समर्थन मिल्नेछ, जसले तपाईँलाई ठूलो काम सम्पन्न गर्न प्रेरणा दिनेछ । कामकाजी महिलाका लागि प्रगतिको राम्रो समय हो ।

शिक्षा, अनुसन्धान, प्रविधि तथा विज्ञानसँग सम्बन्धित क्षेत्रमा अध्ययन गर्नेहरूको लागि दिन लाभकारी छ । इच्छाशक्ति बढ्नेछ, लक्ष्यमा अडिग भएर अगाडि बढ्दा सफलता प्राप्त गर्न सकिने छ ।

राजनीति वा समाजसेवामा संलग्न व्यक्तिहरूलाई सम्मान, पद वा पुरस्कार प्राप्त हुने सम्भावना छ । सरकारी निकाय वा प्रशासनिक क्षेत्रबाट पनि लाभ हुने समय छ ।

👉 भाग्यबल : १००%
👉 शुभ अंक : १ | शुभ रंग : सेतो/घिउ रङ | शुभ दिशा : दक्षिण
👉 उपाय : काम सुरु गर्नु अघि २१ पटक “ॐ शशिशेखराय नमः” मन्त्र जाप गर्नु लाभदायी हुनेछ ।


♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन कन्या राशिका लागि मिश्रित छ । मिहिनेत गर्नेहरूलाई प्रशंसा र सफलता मिल्नेछ । नयाँ सीप सिक्ने अवसर प्राप्त हुनेछ । तर अरूको कमजोर पक्षलाई धेरै सहयोग गर्दा तपाईंको उदार स्वभावको दुरुपयोग हुनसक्छ ।

अचानक परिस्थिति परिवर्तन भएर महत्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ । वैकल्पिक आम्दानी वा नयाँ कारोबारमा रुचि देखाउनेहरूलाई राम्रो लाभ मिल्नसक्छ ।

प्रेम सम्बन्धमा भने सानो मनोमालिन्य आउन सक्छ, त्यसैले धैर्यपूर्वक व्यवहार गर्नु आवश्यक छ ।

👉 भाग्यबल : ४५%
👉 शुभ अंक : ९ | शुभ रंग : छिरबिरे/बुट्टे | शुभ दिशा : पूर्व
👉 उपाय : ११ पटक “ॐ दैत्यगुरवे नमः” मन्त्र जाप गर्नु राम्रो हुनेछ ।


♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछ । खर्च बढ्ने भए पनि त्यसको तुलनामा आम्दानीले सन्तुलन कायम गर्नेछ । करियरमा आएको अवरोधलाई धैर्य र सुधारका प्रयासद्वारा समाधान गर्न सकिनेछ ।

स्वास्थ्यमा भने विशेष सतर्कता आवश्यक छ । ढाड, पेट वा आँखासम्बन्धी समस्या भएका व्यक्तिहरूले विशेष ध्यान दिनुपर्छ । खानपानमा संयम अपनाउनुपर्छ ।

पारिवारिक जीवन सामान्य रहनेछ । प्रेम जीवनमा सामान्य उतार–चढाव आउन सक्छ तर ठूलो समस्या छैन ।

👉 भाग्यबल : ५०%
👉 शुभ अंक : ८ | शुभ रंग : सेतो/पहेंलो | शुभ दिशा : उत्तर
👉 उपाय : २१ पटक “ॐ मृत्युञ्जयाय नमः” मन्त्र जाप गर्नु लाभकारी हुनेछ ।


♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज वृश्चिक राशिका जातकहरूले कार्यक्षेत्रमा ठूलो सफलता प्राप्त गर्नेछन् । कल्पना, सृजनशीलता र भावना जाग्ने दिन हो । तर आफ्ना निर्णयहरूमा अरूको सल्लाहलाई पनि महत्त्व दिनुहोस् ।

पारिवारिक जीवन सुखमय रहनेछ, दाम्पत्य जीवनमा सामञ्जस्य बढ्नेछ । प्रेम जीवनमा पनि नयाँ उमङ्ग आउनेछ, पार्टनरसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ ।

पार्टी, भोज वा जमघटमा सहभागी हुने सम्भावना छ ।

👉 भाग्यबल : १००%
👉 शुभ अंक : ७ | शुभ रंग : रातो | शुभ दिशा : पश्चिम
👉 उपाय : २१ पटक “ॐ साम्बसदाशिवाय नमः” मन्त्र जाप गर्नु लाभकारी हुनेछ ।


♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज कार्यक्षेत्रभन्दा बाहिर जिम्मेवारीमा खटिनुपर्नेछ । सहकर्मी वा सहयोगीसँग झगडा वा मतभेद हुनसक्छ, त्यसैले धैर्यपूर्वक अघि बढ्नु आवश्यक छ ।

मानसिक उल्झन र चिडचिडेपना बढ्न सक्छ, त्यसैले बेकारका वादविवाद वा ख्यालठट्टाबाट टाढा रहनुहोस ।

तर भेटघाट र मेलमिलापका अवसरहरू पनि बढ्नेछन् ।

👉 भाग्यबल : १००%
👉 शुभ अंक : ६ | शुभ रंग : सेतो | शुभ दिशा : दक्षिण
👉 उपाय : २१ पटक “ॐ अश्विनीकुमाराभ्यां नमः” मन्त्र जाप गर्नु लाभकारी हुनेछ ।


♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज आत्मविश्वास बढ्नेछ । शिक्षामा वा व्यापारमा संलग्न व्यक्तिहरूलाई राम्रो लाभ हुनेछ । विशेष गरी सुनचाँदी वा गहनाको कारोबार गर्नेहरूलाई दिन लाभदायी छ ।

पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावक वा वृद्धबृद्धाको आशीर्वाद पाउने अवसर छ । दाम्पत्य जीवनमा सामञ्जस्य बढ्नेछ ।

नजानेर रोकिएका कामहरू पुनः प्रयास गर्दा पूरा हुनेछन् ।

👉 भाग्यबल : ७५%
👉 शुभ अंक : ५ | शुभ रंग : सेतो | शुभ दिशा : पूर्व
👉 उपाय : ११ पटक “ॐ ऐं सरस्वत्यै नमः” मन्त्र जाप गर्नु लाभकारी हुनेछ ।


♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज कारोबारमा केही अवरोध आउन सक्छ तर सागपात, फलफूल, रत्न, फोटोग्राफी वा कलासम्बन्धी काम गर्नेहरूलाई लाभ हुने दिन हो ।

घरमा जमघट वा भोज हुने सम्भावना छ । परिवारमा बुढाबुढीको सेवा गर्दा तपाईँको भाग्य प्रबल हुनेछ ।

यदि कुनै समस्या छ भने अभिभावक वा साथीलाई खुलस्त राख्दा समाधान मिल्नेछ ।

👉 भाग्यबल : ५०%
👉 शुभ अंक : ४ | शुभ रंग : घिउ रङ | शुभ दिशा : उत्तर
👉 उपाय : ११ पटक “ॐ चं चन्द्रमसे नमः” मन्त्र जाप गर्नु लाभकारी हुनेछ ।


♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज मीन राशिका जातकहरूले सहकर्मी र साथीहरूको भावना बुझी काम गर्नुपर्छ । यसरी गर्दा पुराना समस्यासमेत हल हुनेछन् ।

तर सामाजिक गतिविधिमा बढी सक्रिय हुँदा काममा अवरोध आउन सक्छ । मानसिक उल्झन र तनाव बढ्न सक्छ ।

सुखसुविधा र रमाइलोमा तानिनाले आवश्यक काममा ढिलाइ हुन सक्छ ।

👉 भाग्यबल : ६५%
👉 शुभ अंक : ३ | शुभ रंग : गुलाबी/सिन्दुरे | शुभ दिशा : पश्चिम
👉 उपाय : २१ पटक “ॐ भालचन्द्राय नमः” मन्त्र जाप गर्नु लाभकारी हुनेछ ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार