२०८२ साउन २९ गतेको राशिफल : यी ७ राशिका भाग्यको तारा रहनेछ मजबूत, व्यवसायबाट हुनेछ मनग्यै लाभ



📅 आजको विस्तृत राशिफल

(२०७९ श्रावण २९

/ 2025 August 14)


♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन तपाईंको तालिका र गति दुवै व्यस्त रहनेछ। काम–धन्दामा दौडधुप बढ्ने भए पनि खर्चसमेत उस्तै बढ्ने देखिन्छ, त्यसैले आय–व्ययमा सन्तुलन राख्नु आवश्यक छ। एउटै रुटिनबाट दिक्क लाग्न सक्छ, नयाँ तरिकाले काम गर्न र नयाँ कुरा सिक्ने इच्छा बढ्नेछ। केही बाध्यता र परिबन्धका कारण समय निकाल्न कठिन भए पनि वैदेशिक प्रयोजनको कामबाट लाभ हुने संभावना छ।
भाग्यबल: ७५%
शुभ अंक:
शुभ रङ: छिरबिरे/रङ्गीबिरङ्गी
शुभ दिशा: उत्तर
मन्त्र: ॐ कें केतवे नमः (७ पटक जाप)


♉ बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सिनियर्सलाई रिझाउन कठिन भए पनि सहकर्मीहरूको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ। व्यक्तिगत सोखका कारण खर्च बढ्ने देखिन्छ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ र प्रेमीबाट उपहार प्राप्त हुन सक्छ। यद्यपि जोखिमयुक्त वा अनावश्यक खर्च हुने काममा संलग्न नहुनु नै राम्रो हुन्छ।
भाग्यबल: ९०%
शुभ अंक:
शुभ रङ: पहेंलो
शुभ दिशा: पश्चिम
मन्त्र: ॐ देवपुजिताय गुरवे नमः (१९ पटक जाप)


♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

लेखन, प्रकाशन, कन्सल्टेन्सी, वकालत, शेयर बजार, कम्प्युटर वा वाणीप्रधान क्षेत्रमा फाइदा हुने दिन हो। सुख–शान्ति कायम रहनेछ, तर व्यवहार गर्दा मर्यादामा रहनु जरुरी छ। करियरबारे नयाँ सोच आउन सक्छ, परिश्रमबाट कठिन समस्यासमेत समाधान गर्न सकिनेछ।
भाग्यबल: १००%
शुभ अंक:
शुभ रङ: सेतो
शुभ दिशा: दक्षिण
मन्त्र: ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः (२१ पटक जाप)


♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ समाचार र जानकारीले अपडेट हुने मौका मिल्नेछ। कार्यस्थलमा विशेष भूमिका निर्वाह गर्न सकिनेछ र डिजिटल माध्यमबाट जनसंपर्क बढ्नेछ। विदेश वा टाढाको यात्रा हुने सम्भावना छ। आज पारिवारिक जिम्मेवारी र अभिभावकको महत्व बढ्ने समय हो, भावनालाई नियन्त्रण गरेर संवाद गर्नु श्रेयष्कर हुन्छ।
भाग्यबल: ७५%
शुभ अंक:
शुभ रङ: पहेंलो/सुन्तले
शुभ दिशा: पूर्व
मन्त्र: ॐ गुं गुरवे नमः (१९ पटक जाप)


♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धार्मिक र परोपकारी कार्यमा चासो बढ्नेछ। सानो सहयोगले अरूलाई ठूलो लाभ हुने सम्भावना छ। करियरमा अवरोध आए पनि तनाव लिनु भन्दा कामको गुणस्तर सुधारमा ध्यान दिनु राम्रो हुन्छ। परिवारमा असन्तुष्टि र केही व्यक्तिबाट षड्यन्त्रको सम्भावना छ, सचेत रहनुहोस्।
भाग्यबल: २५%
शुभ अंक:
शुभ रङ: सेतो/पहेंलो
शुभ दिशा: उत्तर
मन्त्र: ॐ सर्वमृत्युनिवारकाय नमः (२१ पटक जाप)


♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

भौतिक सुविधा वा उपकरण खरिदको सम्भावना छ। नयाँ लगानी जीवनसाथीको नाममा गर्दा लाभ हुने देखिन्छ। भावुकतामा धेरै समय बिताउनुभन्दा मिहिनेत गरे मात्र सफलता मिल्नेछ, त्यसैले मनोरञ्जनमा भन्दा कार्यमा ध्यान दिनु उत्तम हुन्छ।
भाग्यबल: ७०%
शुभ अंक:
शुभ रङ: रातो
शुभ दिशा: पश्चिम
मन्त्र: ॐ कुलपूजितायै नमः (११ पटक जाप)


♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कामको चाप बढ्नेछ, तर हतार नगर्नुहोस्। प्रशासनिक वा कानुनी पक्षमा ध्यान पुर्याउनु आवश्यक छ। प्रेमीको स्वास्थ्य वा कार्यक्षेत्रमा समस्या आउन सक्छ, तर भावनाको आदान–प्रदानले सम्बन्धमा न्यानोपन आउनेछ। नयाँ र आकर्षक लुगा वा आभूषण खरिद गर्ने इच्छा बढ्नेछ।
भाग्यबल: ९०%
शुभ अंक:
शुभ रङ: गुलाबी/सिन्दुरे
शुभ दिशा: दक्षिण
मन्त्र: ॐ सर्वरोगहराय नमः (१० पटक जाप)


♏ बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

टाढा रहेका छोराछोरी वा आफन्तबाट शुभ समाचार आउनेछ। हाँके–ताकेका काम पूरा हुनेछन्। परीक्षा, अन्तर्वार्ता वा प्रतियोगितामा प्रयास गरे सफल परिणाम मिल्नेछ। नयाँ सीप वा ज्ञान हासिल गर्ने समय अनुकूल छ।
भाग्यबल: ८०%
शुभ अंक:
शुभ रङ: पहेंलो
शुभ दिशा: पूर्व
मन्त्र: ॐ बृं बृहस्पतये नमः (१९ पटक जाप)


♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मनोरञ्जन वा घुमघामका लागि खर्च बढ्न सक्छ। आफन्तको व्यवहारले मन खिन्न बन्न सक्छ, तर नयाँ व्यक्तिसँगको सम्पर्क लाभदायी हुनेछ। मन अशान्त भए पनि कार्यमा ध्यान केन्द्रित गर्दा फाइदा हुनेछ।
भाग्यबल: ५५%
शुभ अंक:
शुभ रङ: सिम्रिक रातो
शुभ दिशा: उत्तर
मन्त्र: ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः (१९ पटक जाप)


♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

भावनात्मक निकटता र मित्रताको अवसर आउनेछ। वरिष्ठ वा हाकिमसँग सुमधुर सम्बन्ध बन्नेछ। सानो प्रयासले प्रतिष्ठा बढ्नेछ र साझेदारको सुझाव उपयोगी हुनेछ। सामाजिक कार्यमा सक्रिय भए पनि बेफाइदा नहुनेछ।
भाग्यबल: ७५%
शुभ अंक:
शुभ रङ: गुलाबी/सिन्दुरे
शुभ दिशा: पश्चिम
मन्त्र: ॐ बक्रतुण्डाय हुम् (२१ पटक जाप)


♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

एक्लोपन अन्त्य हुने संकेत छ—कोही विशेष व्यक्तिसँग भेट हुने सम्भावना छ जसले जीवनमा खुशी ल्याउन सक्छ। भाइबहिनीको इच्छापूर्तिका लागि खर्च बढ्नेछ। नयाँ परियोजना सुरु गर्न अनुकूल समय छ।
भाग्यबल: ५०%
शुभ अंक:
शुभ रङ: पहेंलो
शुभ दिशा: दक्षिण
मन्त्र: ॐ वाचस्पतये नमः (१९ पटक जाप)


♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आत्मबल उच्च रहनेछ, विजय र सफलता हात लाग्नेछ। नयाँ उत्साह र उमङ्गले दिनभरि प्रसन्नता रहन्छ। व्यक्तित्व विकासका अवसर मिल्नेछन् र प्रेरणादायी व्यक्तिसँग चिनजान हुनेछ। घमण्डबाट टाढा रहनु लाभदायी हुनेछ।
भाग्यबल: ९०%
शुभ अंक:
शुभ रङ: पहेंलो/सुन्तले
शुभ दिशा: पूर्व
मन्त्र: ॐ सुराचार्याय नमः (१९ पटक जाप)

प्रकाशित मिति : २०८२ साउन ३० गते बिहिवार