सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन तथा कार्डियोभास्कुलर विभाग प्रमुख डा. रामेश कोइरालाले राजीनामा दिएका छन्। उनी हाल विदेशमा रहेका कारण विद्युतीय माध्यममार्फत अस्पतालका कार्यकारी निर्देशकलाई सम्बोधन गरेर राजीनामा पत्र पठाएका हुन्।
पत्रमा उनले व्यक्तिगत कारण देखाउँदै ३० असोज २०८२ (१६ अक्टोबर २०२५) बाट लागू हुने गरी सबै जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। त्यसैगरी, अक्टोबर १६ सम्म अस्पतालमा उपस्थित हुन नसक्ने भएकाले आफ्नो कार्यकक्षमा रहेका सामानका लागि प्रतीक्षा गर्न आग्रह गरेका छन्।
राजीनामा पत्रमा उनले अस्पतालको प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै, गगन थापा, प्रदीप पौडेल लगायतको सपनाअनुसार संघीय सरकारले राम्रो काम गरोस् भन्ने आशा प्रकट गरेका छन्।
प्रकाशित मिति : २०८२ साउन २९ गते बुधवार





