कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका छन्। पोखराका डा. भरत बहादुर खत्रीले मंगलबार नियुक्तिपत्र बुझेका छन्, अन्य तीनजनालाई बुधबार बोलाइएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, पाटनमा प्रा.डा. बुद्धि पौडेल, पोखरामा डा. खत्री र कर्णालीमा डा. पुजन कुमार रोकाया नियुक्त भएका छन्।
सत्तारूढ एमालेले पाटन र पोखरा पाएको छ भने कांग्रेसले बीपी र कर्णाली प्रतिष्ठान पाएको स्रोतले जनाएको छ।
प्रकाशित मिति : २०८२ साउन २८ गते मङ्गलवार





