राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टीको रिक्त सह-महामन्त्री पदमा आफ्नो कुनै दाबी नभएको स्पष्ट पारेकी छन्। उनले हिजोको केन्द्रीय समिति बैठकमा व्यक्तिको विरोध नभई विधिको प्रश्न उठाएको बताइन्।
बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले सह-कोषाध्यक्ष दीपक बोहरालाई सह-महामन्त्री बनाउने प्रस्ताव राखे पनि, यो एजेन्डामा नपरेको भन्दै आफूले अस्वीकार गरेको कार्कीको भनाइ छ।
उनको अनुसार, सह-महामन्त्री नियुक्ति विधिसम्मत र इच्छुक–योग्य महिलाबाट हुनुपर्छ। कार्कीले बैठकका आन्तरिक छलफल बाहिर ल्याएकोप्रति आपत्ति जनाउँदै, आफूलाई पद-लोलुप जस्तो नदेखाउन आग्रह गरिन्।

प्रकाशित मिति : २०८२ साउन २५ गते शनिवार





