रुकुम पश्चिम । नेपाल राहत शिक्षकको आन्दोलन रुकुम पश्चिमबाट औपचारिक रूपमा सुरु भएको छ। नेपाल राहत शिक्षक रुकुम पश्चिम जिल्ला समितिले आन्दोलनको थालनी गर्दै कालोपट्टी बाँधेर नेपाल शिक्षक महासंघको विरोधमा प्रदर्शन गरेको छ।
आन्दोलनको क्रममा देशभरका राहत शिक्षकहरूले आज एकैसाथ कालोपट्टी बाँधेर असन्तुष्टि जनाइरहेका छन्। आन्दोलनकारीहरूले सामाजिक सञ्जालमार्फत व्यक्तिगत वा सामूहिक रूपमा आफ्नो फोटो पोष्ट गर्दै विरोध प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्।
उनीहरूले बेलुका ‘एकछाक नुन बार्ने’ प्रतीकात्मक कार्यक्रम गर्ने घोषणा गरेका छन्। प्रदर्शनकारीहरूले नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति र नेपाल राहत शिक्षक केन्द्रीय समितिको विरुद्ध नाराबाजी गर्दै तत्काल राहत शिक्षकका माग सम्बोधन गर्न सरकारसमक्ष दबाब दिने बताएका छन्।
प्रकाशित मिति : २०८२ साउन २४ गते शुक्रवार





