काठमाडौं। विद्यालय शिक्षा विधेयकमा सहमती हुन बाँकी विषयामा छलफल गर्न आज शिक्षा समितकिो बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले आज विधेयकबारे छलफल गर्न बिहान १० बजे बैठक बोलाएको जानकारी दिए।
केही विषयमा सहमति नजुटेकाले यो विधेयक समितिबाट पास हुन सकेको छैन। त्यसैले विधेयक संसदमा पेस हुन पाएको छैन। विशेषगरी, शिक्षकको बढुवा, अस्थायी शिक्षकको व्यवस्थापन, र बाल विकास (ईसीडी) शिक्षकका विषयमा फरक–फरक प्रस्ताव आएपछि सहमति हुन नसकेको हो।
शिक्षामन्त्री रघुजी पन्तले शिक्षकका मागबारे शिक्षक महासंघसँग छलफल गर्न समय मागेकाले समितिको बैठक रोकिएको थियो। अहिले मन्त्रालयले महासंघसँग छलफल गरिसकेपछि समितिको बैठक बोलाइएको हो।
प्रकाशित मिति : २०८२ साउन २३ गते बिहिवार





