काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकबारे बिहीबार बिहान १० बजे बैठक बोलाएको छ। शिक्षकको बढुवा, अस्थायी शिक्षकको व्यवस्थापन र बाल विकास शिक्षक (ईसीडी) सम्बन्धी प्रस्तावमा सहमति नजुटेपछि विधेयक अझै समितिबाट पास हुन सकेको छैन।
शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग समय मागेपछि बैठक रोकिएको थियो। अब मन्त्रालय र महासंघबीच छलफल सम्पन्न भएसँगै समिति बैठक तय गरिएको हो।
शिक्षक महासंघले साउन २१ भित्र विधेयक पारित गर्न माग गर्दै चेतावनी दिँदै आएको छ। यसअघि ऐनको माग गर्दै चैतमा २९ दिनसम्म आन्दोलन गरिएको थियो।
प्रकाशित मिति : २०८२ साउन २२ गते बुधवार





