२०८२ साउन १९ गतेको राशिफल : यी ७ राशिका भाग्यको तारा रहनेछ मजबूत, व्यवसायबाट हुनेछ मनग्यै लाभ



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चिडचिडेपन र थकानको अनुभव हुने दिन। कामबाट उम्कन गाह्रो भए पनि मन नलागेका कुराबाट टाढा रहनु राम्रो। स्टाफसँग समन्वय कायम गर्न आवश्यक छ, नत्र समस्या निम्तिन सक्छ। भाग्यबल: ००% | शुभ: ८, सेतो/पहेंलो, उत्तर।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
जीवनसाथीको स्वास्थ्यमा चिन्ता, सम्बन्धमा तिक्तता आउन सक्छ। भावुकता र चञ्चलता बढ्नसक्छ। आम्दानीमा समस्या छैन, तर खर्च बढ्ने संकेत। भाग्यबल: ५% | शुभ: ७, रातो, पश्चिम।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अहङ्कारले हानी पुर्याउन सक्छ, संयमता आवश्यक छ। बहसमा जीत हुने सम्भावना भए पनि गल्ती नगर्न सतर्क रहनुहोला। परीक्षा वा प्रतिस्पर्धा भए बढी मिहिनेत गर्नुपर्ने दिन। भाग्यबल: ६०% | शुभ: ६, सेतो, दक्षिण।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परिस्थिति प्रतिकूल भए पनि बुद्धिमत्ताले समस्या समाधान गर्न सकिने दिन। साथीको सहयोग लिनु लाभदायक हुनेछ। अध्ययनमा ध्यान केन्द्रीत गर्न गाह्रो हुन सक्छ। भाग्यबल: ७०% | शुभ: ५, सेतो, पूर्व।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक तनाव र आलोचनाबाट मन खिन्न हुन सक्छ। सन्तुलन कायम गर्न मानसिक नियन्त्रण आवश्यक छ। मिहिनेतको फल मिल्नेछ, तर ध्यानपूर्वक काम गर्नुहोस्। भाग्यबल: ००% | शुभ: ४, घिउरङ, उत्तर।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पठनमा ध्यान दिनुपर्ने, सल्लाह लिएर मात्र काम अघि बढाउनु उपयुक्त हुन्छ। नयाँ लगानी वा साझेदारी लाभदायक बन्न सक्छ। भाग्यबल: ५०% | शुभ: ३, गुलाबी/सिन्दुरे, पश्चिम।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
धन लाभ हुने समय भए पनि घरभित्रको समस्याले मन दुख्न सक्छ। इज्जत र प्रतिष्ठाको ख्याल राख्दै खर्च गर्नुहोला। भाग्यबल: ६५% | शुभ: २, घिउरङ, दक्षिण।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
उत्साह र कल्पनाशक्ति बढ्नेछ, तर कार्यान्वयन बिना फल पाइँदैन। व्यक्तिगत कुरामा स्पष्टता ल्याउनुपर्ने दिन हो। भाग्यबल: २५% | शुभ: १, सिन्दूरे रातो, पूर्व।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भ्रम र शङ्काले काम बिगार्न सक्छ, प्रेममा सजगता आवश्यक छ। गलत निर्णयबाट बच्न एकाग्रता जरुरी छ। भाग्यबल: ००% | शुभ: ३, सेतो, उत्तर।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धनको अभिवृद्धि, नयाँ लगानीमा सफलता मिल्ने संकेत। पारिवारिक जमघट वा उत्सवमा रमाउने समय छ। भाग्यबल: २०% | शुभ: २, घिउरङ/सेतो, पश्चिम।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कामदार र व्यवस्थापनसँग राम्रो समन्वय हुनेछ। करियर वा पढाइमा प्रगति सम्भव छ। घरपरिवारको सहयोग प्राप्त हुनेछ। भाग्यबल: ४०% | शुभ: १, सेतो/घिउरङ, दक्षिण।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धार्मिक कार्य वा सेवाभावमा रमाउने दिन। प्रेममा नजिकिने मौका मिल्नेछ, कार्यक्षेत्रमा सफलता सम्भव छ। भाग्यबल: ४५% | शुभ: ९, सिन्दूरे रातो, पूर्व।

प्रकाशित मिति : २०८२ साउन २० गते सोमवार