काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा सामाजिक सञ्जाल रणनीति अनुसार ‘वार रूम’ सञ्चालनमा आएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नि सापकोटाका भतिज तथा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा ‘जुगल’, हाल होटल व्यवसायमा सक्रिय निर्मल ज्ञवालीलाई अध्यक्ष प्रचण्डको पक्ष र विरोधीविरुद्ध ‘वार लड्ने’ औपचारिक जिम्मेवारी दिइएको छ ।
स्रोतका अनुसार यो रणनीति माओवादीको पुरानो प्रचारशैलीको डिजिटल रूप हो। आलोचकहरूद्वारा अन्धभक्त उत्पादन र कटाक्ष प्रवृत्तिको आलोचना भइरहेको छ भने सचिवालयले फेसबुकलाई मुख्य हतियार बनाएको छ।
खासगरी जनार्दन शर्मा पक्षधरमाथि प्रहार गर्न अहिले यो मोर्चा खटिएको छ । जनार्दन शर्माले फेसबुकमा स्टाटस लेख्दै नृतृत्वबार्ट पार्टी विभाजनको हल्ला फैलाएको आरोप लगाएका छन् । यससँगै क्रुद्ध बनेको खुमल्टार अझै तातेको बुझिएको छ ।
तर पूर्व प्रेस संयोजक सापकोटाले यस्तो आरोपलाई नेतृत्व कमजोर बनाउने प्रोपोगाण्डा भनेका छन्।





