शिक्षा समितिको बैठक आज ११ बजे बस्दै, पास होला त शिक्षा विधेयक?



विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ। आजै ११ बजे बस्ने गरि समितिका सभापति अम्मर थापाले बैठक डाकेका छन्।

विधेयकमा शिक्षकहरूको बढुवा, अस्थायी शिक्षकको व्यवस्थापन लगायतका विषयहरूमा अझै सहमति जुट्न सकेको छैन। असार २२ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई विवादित बुँदाहरूमा सहमति जुटाउन ५ दिनको समय दिएका थिए।

यसअघि, गत वैशाख १७ गते सरकारले नेपाल शिक्षक महासंघसँग असार १५ गतेभित्र विधेयक प्रतिनिधिसभामा पेस गर्ने सहमति गरेको थियो। महासंघले साउन २३ गते सम्ममा विधेयक पारित नगरे तुफानी आन्दोलन चलाउने घोषणा गरेको छ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा शीर्ष तहमा सहमति नजुटेकोले अब मिडिया काउन्सिल विधेयकमाथि छलफल सुरु गर्दैछ।

समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, स्वार्थ समूह र शिक्षकलाई बोक्नेहरूले विधेयक अड्काउन भूमिका खेलेका छन्। यसै कारणले, समितिले अब मिडिया काउन्सिल विधेयकमा छलफल अगाडि बढाउन लागेको हो।

प्रकाशित मिति : २०८२ साउन ५ गते आइतवार