निर्वाचन आयोगले रास्वपालाई पठायो जवाफ [पत्रसहित]



काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिक भए/नभएको विषयमा जवाफ पठाएको छ ।

अद्यावधिकबारे रास्वपाले दिएको निवेदन उपर आयोगले आइतबार पत्रमार्फत जवाफ पठाएको हो । २०८२ असार १९ र गत वर्ष साउन १७ गते रास्वपाबाट पेस भएको कागजात उपर अध्ययन भइरहेको आयोगले पत्रमा उल्लेख गरेको छ ।

रास्वपाले असार ७ गते बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्तामा नियुक्त गरेको निर्णय गरेको थियो ।

यस्तै पदाधिकारी हेरफेरका लागि असार ९ गते आयोगमा निवेदन दिएको थियो । त्यसमा त्रुटि रहेको भन्दै आयोगले सच्याउन पत्राचार गरेपछि रास्वपाले फेरि असार १९ गते अध्यावधिकका लागि निवेदन दिएको थियो ।

पदाधिकारी हेरफेर सम्बन्धी रास्वपाले दिएको निवेदनलाई चुनौती दिँदै पूर्वमहामन्त्री डा. मुकुल ढकालले सर्वोच्चमा मुद्दा समेत दायर गरेका छन् ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार