विद्यालय शिक्षा विधेयक पारित गर्न आइतबार शिक्षा समिति बैठक



शिक्षा स्वास्थ्य तथा प्रविधि समितिको बैठक असार २२ गते आइतवार बस्ने भएको छ । गत असार १६ गते सोमवार अन्तिम सहमति जुटाउनको बसेको बैठकले सहमति जुटाउन नसकेपछि पुन विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्न आइतवार बस्ने भएको हो ।

आइतवारकोे बैठकले विवादित दफामा सहमति जुटाएर समितिबाट पारित गर्ने तयारी रहेको समितिका सभापति अम्मर बहादुर थापाले बताए । साथै असार २३ गतेको प्रतिनिधिसभामा विधेयक पेस गर्ने तयार गरेको र कुनै कारणले २३ गते नभ्याए २४ वा २५ गते प्रतिनिधिसभामा पेस गर्न सकिने उनको भनाई छ ।

गत असार १६ गते सोमवार अन्तिम सहमति जुटाउन समितिको बैठक बसेको थियो । तर, शिक्षामन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासङ्घसँग वार्ता नमिलेको बताएपछि विधेयक रोकिएको थियो ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिवार