यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा.गणेश भट्टराईका अनुसारले एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ।
उनले भने, ‘आज बेलुका ६ बजेसम्म नतिजा प्रकाशन हुने सम्भावना छ ।’ यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।
उहाँका अनुसार एसइईको वेबसाइट, एनटीसी लगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार





