संसद्को क्यालेन्डरमा न निजामती विधेयक, न शिक्षा विधेयक, दुबै अड्कियो



काठमाडौं । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर तयार भएको छ । जसमा सरकारले प्राथमिकता दिएको भनिएको विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयक अगाडि बढाउने कार्यसूची समावेश छैन ।

निजामती सेवा विधेयक प्रतिनिधि सभामै पुगेर अड्किएको छ । विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ । गत मंगलबार प्रतिनिधि सभाको बैठकमा निजामती सेवा विधेयक पारित गर्ने कार्यसुची थियो । तर, त्यसदिन सभा उक्त कार्यसूचीमा प्रवेश नै गरेन ।

बिहीबार बैठक बस्दैछ । कार्यसूचीमा निजामती विधेयक छैन । असार १५ गते सम्मको पाक्षिक क्यालेन्डरमा समेत यो विधेयक अगाडि बढाउने विषय समावेश हुन नसकेको हो ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहिवार