विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति द्वारा गठित उपसमितिले ४५ दिन लगाएर तयार पारेको प्रतिवेदन आज बुझाएको छ । छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले १५ परिच्छेद र १६३ दफा रहेको विधेयकमा १०८ बुँदाको प्रतिवेदन बुझाएको हो ।
त्यस्तै १३ नयाँ दफा थप गरिएको, ४ दफा हटाइएको, १३ दफा नयाँ राखिएको र ६३ दफा यसअघिले सरकारले नै पेस गरेको विषयमा सदर गरिएको संयोजक विश्वकर्माले बताए ।
प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार





