काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गत उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ। छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले शिक्षा समितिलाई विधेयकको प्रतिवेदन बुझाएको हो।
१५ परिच्छेद तथा १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०८ बुँदाको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा १०१ दफामा परिमार्जन गरिएको समिति संयोजक विश्वकर्माले जानकारी दिए ।
त्यस्तै १३ नयाँ दफा थप गरिएको, ४ दफा हटाइएको, १३ दफा नयाँ राखिएको र ६३ दफा यसअघिले सरकारले नै पेस गरेको विषयमा सदर गरिएको संयोजक विश्वकर्माले बताए ।
प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार





