शिक्षा विधेयकः राहत र अस्थायीलाई ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा गराउने सहमती



काठमाडौँ । शिक्षा विधेयक-२०८० मा अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी करारसहित) लाई ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाका आधारमा स्थायी प्रक्रियामा लैजाने सहमति जुटेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिले यस्तो सहमति जुटाएको समितिका एक सदस्यले जानकारी दिए।

सरकारले संसद्‌मा २०८० भदाै २७ गते दर्ता गराएको शिक्षा विधेयकमा राहत शिक्षकलाई स्थायी बनाउनका लागि आन्तरिक र खुला प्रतिस्पर्धाको अनुपात ५०-५० रहने प्रस्ताव गरिएको थियो। २०८० असोजमा काठमाडौँ केन्द्रित आन्दोलपछि असाेज ५ गते नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएको सहमतिअनुसार एकपटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गरिने सहमति भएको थियो।

विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका अधिकांश सांसदहरूले केही शिक्षकलाई १०० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने माग राखेका छन् भने केहीले ७५ प्रतिशतको सीमा तोक्नुपर्ने बताएका छन्। यद्यपि उपसमितिले बनाएको प्रतिवेदनमा भने ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा गराउने सहमती भएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शुक्रवार