शिक्षा विधेयक: शिक्षकको दलगत सङ्गठन खारेज, शिक्षक महासंघ मात्रै रहने



प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिमा शिक्षा विधेयकमा शिक्षकको दलगत सङ्गठन खारेज गर्ने सहमति जुटेको छ । शिक्षकहरू राजनीति दलभन्दा टाढा हुनुपर्ने कुरा उठिरहेका बेला उपसमितिले दलगत सङ्गठन खारेज गरेर शिक्षक महासंघ मात्रै रहने प्रस्ताव गरेको छ । यसमा सबै उपसमिति सदस्यहरूले सहमति जनाएका छन् ।

पूर्वशिक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसमितिमा महासंघ पनि नरहने प्रस्ताव राखेकी थिइन् । तर महासंघलाई निरन्तरता दिएर दलगत सङ्गठन खारेज गर्ने सहमति जुटिसकेको छ ।

‘शिक्षक महासंघ रहन्छ । पार्टीगत संगठन खारेज हुन्छन्,’ एक सदस्यले भने, ‘कक्षा १२ मा एसएलसी गर्ने सहमति भएको छ । अहिले कक्षा ८ को परीक्षा पालिकाले लिँदै आएकोमा १० को परीक्षा गराउने अधिकार राखिएको छ ।’

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार