
सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले छुटै राष्ट्रिय समिति गठन गरेका छन् । राहत शिक्षकहरुको हालै महोत्तरीको बर्दिबास भएको भेलाले विष्णु खत्रीको अध्यक्षमा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरिएको हो । नवीनसिंह धामीको नेतृत्वमा छुट्टैनेपाल राहत शिक्षक राष्ट्रिय समिति भइरहेको अवस्थामा असन्तुष्ट शिक्षकहरुले नयाँ कार्यसमिति गठन गरेका हुन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष खत्रीले शिक्षक महासंघले आफुहरुको मागप्रति वेवास्ता गर्दै एकतर्फी ढंगले सरकारसंग सहमति गरेकाले छुटै राष्ट्रिय समिति गठन गरिएको जानकारी दिए । उनले राहत दरवन्दीमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई पेशागत सुनिश्चिततासहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश लगाएतका विविध मागका साथ राष्ट्रिय समिति गठन गरिएको जानकारी दिए ।
उनले सम्पूर्ण राहत शिक्षकहरुको बिरामी बिदाको अभिलेख कायम गरी अनिवार्य वा स्वेच्छिक अवकाश हुँदाका बखत आर्थिक सुविधा उपलव्ध गराउनुपर्ने माग गरे । त्यसैगरी खत्रीले राहत शिक्षकहरुलाई सरुवा गर्नुपर्ने, दुर्गम भत्ताको व्यवस्था गरिनुपर्ने बताए । आफूहरुको बिभिन्न ९ बुँदे माग पूरा नभए असार १५ गतेपछि आन्दोलनमा उत्रिने अध्यक्ष खत्रीले चेतावनी दिए ।
यस्तो छ नयाँ बनेको कार्यसमितिः
अध्यक्ष: बिष्णु खत्री
सह-अध्यक्ष: सन्जिव मिश्र, बुद्धिमान दर्नाल
उपाध्यक्षमा: निरब ढकाल र बिष्णु माया तिमल्सिना
महासचिव: जीवन तिमल्सिना
उपमहासचिव: कृष्णप्रसाद अधिकारी
सचिव: नबिन थापा
कोषाध्यक्ष: चन्द्र प्रकाश पाण्डे
सदस्य:इन्द्रजीत देवकोटा,मनोज मल्ल,चन्द्र बहादुर केसी,लोकराज भण्डारी,तिर्थराज सापकोटा,बिरेन्द्रराज गिरी,गुणकेसरी श्रेष्ठ,चन्डिका सापकोट,हेम दियाली,रूकु घले,आस बहादुर मगर,खड्ग गिरी,जीवनाथ दहाल,कुमार तिमल्सिना,भविन कालाखेति, सन्तोष तिवारी निर्दाेष,प्रमिला भट्टराई,राज चौधरी,रामबहादुर साही,धनिराम गौतम,धर्म दहाल,तिलक खत्री