
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिले शिक्षा विधेयकको प्रतिवेदन लेखन सकाएको छ । छलफल गरेका विषयको प्रतिवेदन लेखन कार्य आइतबार सकिएको हो । छलफल गरेर पहिलो चरणको निष्कर्ष सहितको प्रतिवेदन लेखनको कार्य सकिएको बताइएको छ।
आइतबार बसेको उपसमितिको बैठकमा सचिवालयले तयार गरेको प्रतिवेदनलाई ब्रीफिङ गरिएको सचिवालयले जनाएको छ । अब त्यो प्रतिवेदन माथि सोमबारदेखि उपसमितिमा छलफल गरिने छ ।
सचिवालयले तयार पारेको प्रतिवेदन माथि निरन्तर छलफल गरेर थपिएको १० दिनको समय अगाडी नै प्रतिवेदन समितिमा लैजाने तयारी छ । उक्त प्रतिवेदन उपसमितिले समितिलाई बुझाएपछि समितिले त्यसमा फेरि छलफल गरेर अगाडि बढ्ने छ ।
उपसमितिको समय सकिएपछि बैशाख २३ गते शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले १० दिनका लागि समय थप गरेको थियो । उपसमितिको थपिएको समय जेठ २ गते सकिँदै छ ।