काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भएको छ । सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दिपक काफ्लेले महासंघलाई आज नै वार्तामा बोलाएको थियो ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार वार्ता तीन बजेपछि हुने छ । सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले नै गर्ने छन् । सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
वार्तामा महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासंघकी सहअध्यक्ष एवम् आन्दोलनकी संयोजक नानुमाया पराजुली, अर्थ उपमहासचिव मदनराज जोशी र सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त र शिक्षा मन्त्रालयका तर्फबाट शिक्षा सचिव दीपक काफ्ले सहभागी हुने भएका छन्।
प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार





