रवि लामिछाने आजदेखि पार्टी जिम्मेवारीमा फर्कने



rabi lamichhane

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आजदेखि पार्टी जिम्मेवारीमा फर्कँदैछन्। सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि उनी पार्टीको भूमिकामा निष्क्रिय थिए।

उपसभापति डोलप्रसाद अर्याल (डिपी) लाई कार्यवाहक सभापति तोकिएको थियो। भापति लामिछाने सोमबारको बैठकबाट पार्टीको नियमित जिम्मेवारीमा फर्कन लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। सोमबार अपराह्न ३ बजे पार्टी केन्द्रीय समितिको बैठक चःमतिस्थित कार्यालयमा बोलाइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार