विद्यालय शिक्षा विधेयक छलफलका लागि बन्यो उपसमिति



काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्न उपसमिति गठन गरेको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।

सभापति अम्मरबहादुर थापाका अनुसार सबै दलको प्रतिनिधित्व रहेको सानो टिममा विधेयकका विवादित विषय टुंग्याएर छिटोभन्दा छिटो प्रतिवेदन पेश गर्ने गरी उपसमिति बनाइएको हो ।

उपसमितिलाई कतिपय समितिका अन्य सदस्य, विज्ञ र अन्य सरोकारवालाहरुसँग छलफल तथा परामर्श गरेर टुंगाउन भनिएको छ । आन्तरिक पनि बसेर टुंग्याउन भनिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते शुक्रवार