काठमाडौं । निजामती क्षेत्रको सबैभन्दा ठुलो ट्रेड युनियनको रूपमा रहेको नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी न्यौपाने दाहाल सर्वसम्मत रूपमा चयन भएकी छिन् ।

दाहालले संगठनको ३४ वर्षे इतिहासमा पहिलो महिला अध्यक्षको रेकर्ड बनाउन सफल भएकी हुन् । एमाले निकट मानिने नेपाल निजामती कर्मचारी संगठन २०४७ साल वैशाख ७ गते स्थापना भएको थियो । त्यसदेखि हालसम्म आउँदा संगठनले दाहाल सहित १६ अध्यक्ष पाएको छ । यसअघिका १५ जनानै पुरुष अध्यक्ष रहँदै आएकोमा हालै सम्पन्न १२ औ महाधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्ष चयन गर्दै पहिलो महिला अध्यक्षको रेकर्ड बनाएको हो ।
यसै गरी संगठनको वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभाष शाह चुनिएका छन् । यस्तै उपाध्यक्षहरुमा कृष्णबहादुर केसी, युवाचन्द्र घिमिरे, विष्णु प्रसाद अर्याल तथा महिला उपाध्यक्षमा विजयालक्ष्मी सुवेदी चयन भएकी छन् । यसै गरी महासचिवमा रामचन्द्र अधिकारी(आरसी) चयन भएका छन् भने उपमहासचिवमा वामदेव ओली, सूर्य बहादुर कुँवर, र महिला उपमहासचिवमा कमला दाहाल चुनिएका छन् ।
सचिवहरूमा राज बहादुर पछाई, तेज प्रकाश भण्डारी, ओमबहादुर कठायत, गोविन्द अधिकारी तथा महिला सचिवमा देवी पराजुली चयन भएका छन् । सम्पन्न १२ औ महाधिवेशनले १९ सदस्यीय पदाधिकारी सहित १६४ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको नवनिर्वाचित महासचिव रामचन्द्र अधिकारी(आरसी) ले जानकारी दिए ।
अन्य निर्वाचित पदाधिकारीहरू:
उपाध्यक्ष:
युवाचन्द्र घिमिरे
विष्णु अर्याल
कृष्णबहादुर केसी
विजया लक्ष्मी सुवेदी
महासचिव: रामचन्द्र अधिकारी
उपमहासचिव:
वामदेव ओली
सूर्यबहादुर कुँवर
कमला दाहाल
सचिव:
देवी पराजुली
राजबहादुर पछाईं
टीपी भण्डारी
ओम कढायत
गोविन्द अधिकारी
कार्यालय सचिव: पदमबहादुर शाही
प्रदेश इन्चार्ज:
कोशी: धुव्रबहादुर कार्की
मधेश: नौंतम पोख्रेल
बागमती: विष्णु अर्याल
गण्डकी: भरत भुषाल
लुम्बिनी: कविसिंह कठायत
कर्णाली: तुलाराम गिरी
सुदूरपश्चिम: प्रकाशबहादुर खड्का
उपत्यका विशेष प्रदेश: गणेशप्रसाद आचार्य
आयोगहरू:
लेखापरीक्षण आयोग:
संयोजक: गोकर्ण कोइराला
सचिव: राजेन्द्र कार्की
अनुशासन आयोग:
संयोजक: अम्विका धमला
सचिव: शंकर भट्टराई
नीति अनुसन्धान आयोग:
संयोजक: कमलबहादुर खत्री
सचिव: काशीराम आचार्य
विज्ञान प्रविधि आयोग:
संयोजक: विष्णुकुमारी अधिकारी
सचिव: कवि तिम्सिना





