काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले रास्वपा सभापति रवि लामिछानेलाई सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिए पनि देशको सबैभन्दा ठूलो सहकारी ठगका रूपमा देशभर दौडाइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सरकार बलियो तब देखिन्छ, जब प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनहुन्छ । सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रूपमा देशभर दौडाइएको छ ।’
हिजो रविलाई प्रधानमन्त्री बनाउन अफर गरेकाहरू आज न्यायपालिकालाई धम्क्याएर भए पनि सडाइ छाड्ने षड्यन्त्रमा लागिरेको दाबी गरे ।
प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार





