
काठमाडौं । नेपाल बैंकले बिना धितो कर्जा प्रवाह सुरु गरेको छ । बैंकको कञ्चनपुरको शाखा शुक्लाफाँटा नगरपालिका बिलासपुर–१० झलारीले बिनाधितो कर्ता प्रवाह सुरु गरेको हो ।
सोमबार बैंकले एक कार्यक्रमकाबीच पुनर्वास नगरपालिकास्थित राष्ट्रिय माविलाई बिनाधितो कर्जा प्रवाह कार्यक्रम सुरु गरेको जानकारी गराएको थियो । बैंकले न्यूनतम ५ लाखदेखि १५ लाख रुपैयाँसम्म बिनाधितो कर्जा प्रवाह गर्ने जनाएको छ । सो बैंकसँगको कारोवारमा कारोबार कर्मीले कारोबारको आधारमा कर्जा पाउने व्यवस्था झलारी शाखा बैंकले गरेको छ ।
३ वर्षको स्थायी कर्मचारी हुनुपर्ने तथा अवकाश पाउन ५ वर्ष बाँकी भएको अवस्थामा बैंकले कर्जा दिने भएको छ । शाखा प्रमुख बाबुराम खरेलका अनुसार स्थायी कर्मचारीको चार वर्षको स्केलअनुसार बैंकले न्यूनतम ब्याजदरमा कर्जा दिने बताए । राष्ट्रिय विद्यालयसँग बैंकले बिनाधितो कर्जा प्रवाह पत्रमा हस्ताक्षरसमेत गरेको छ । सो शाखाले राष्ट्रिय विद्यालयलगायत अन्य थप ६ ओटा सामुदायिक विद्यालयसँग पनि बिनाधितो कर्जा प्रवाह गर्ने योजना बनाएको शाखा प्रमुख खरेलले बताए ।