रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुने



rabi lamichhane

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुँदैछन्। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालतमा मुद्दा दायर भएकाले उनी आइतबार अदालत उपस्थित हुन लागेका हुन्।

पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन मुद्दामा कास्की अदालतले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो।

उनी आफै काठमाडौं अदालत उपस्थित भनेपछि कास्की प्रहरीले पार्टी र प्रहरीले जिम्मा लगाएको थियो। सभापति लामिछाने आइतबार अदालतमा हाजिर हुने कार्यवाहक सभापित डिपी अर्यालले जानकारी दिए।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार