रास्वपाबारे ओली: ‘पपुलिज्म’को जगमा उभिएकाहरुको समूह, अराजक चरित्र र नीतिहीन अन्तर्य



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आठौँ केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आलोचना गरेका छन् । पछिल्लो घटनाक्रमले ‘पपुलिज्म’ को जगमा उभिएका समूहहरूको -नयाँपन_को व्यर्थता, अराजक चरित्र र नीतिहीन अन्तर्यलाई उदाङ्गो पारेको ओलीको ठहर छ ।

प्रतिवेदनमा भनिएको छ, ‘आफ्ना सभापति सहकारी प्रकरणमा अनुसन्धानमा तानिएपछि रास्वपाका नेता कार्यकर्ताहरूबाट प्रकट व्यवहार, अभिव्यक्ति र अनुसन्धानमा पार्न खोजेको प्रभाव रत्तिभर कानुनसम्मत, उचित र लोकतान्त्रिक थिएनन् । प्रहरी अनुसन्धानलाई सघाउनुको साटो त्यसलाई ‘सरकारले आफूहरू विरुद्ध खडा गरेको राजनीतिक प्रतिशोधु को मिथ्या भाष्य निर्माण गर्दै सडक प्रदर्शन गर्ने, त्यस क्रममा प्रहरीमाथि हातपात गर्ने, अनुसन्धानमा अवरोध खडा गर्ने र गलत कामलाई संरक्षण गर्ने काममा त्यस पार्टीका कार्यकर्ता सङ्लग्न देखिए । आफ्ना प्रतिनिधिसमेतको सहमति र हस्ताक्षरमा तयार गरिएको संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनलाई लिएर प्रधानमन्त्रीमाथि व्यक्तिगत गालीगलौज र अशोभनीय टिप्पणीमा उत्रिए ।’

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार