धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको दाहसंस्कार गर्न शव पशुपति ल्याइयो



धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको शव दाहसंस्कारका लागि पशुपति आर्यघाट ल्याइएको छ। मृतकको शव नेपाल प्रहरी र सेनाको टोलीले ल्याएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिए। ‘आधा घण्टा भयो यहाँबाट शव दाहसंस्कारका लागि लगिएको,’ उनले भने, ‘मृतकलाई शवबहानमा राखेर र अगाडिपछाडि सेना र प्रहरीले स्कर्टिङ गरेर पठाएका हौं।’

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चेकी २९ वर्षीय ती महिलामा कोरोनाको आशंका गरिएको छ। उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेल अस्तपाल ल्याइएको थियो। तर अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयले थप रिपोर्ट आएपछि मृतकमा कोरोना भए/नभएको यकिन हुने बताएको छ ।महिलाले गत वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। २५ गते अस्पतालले डिस्चार्च गरेपछि उनी राम्चे घर फर्किएकी थिइन्। पछि स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई धुलिखेल अस्तपाल लगिएको थियो।

प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते शनिवार