राससकर्मी घिमिरेसहित ९ पत्रकार पुरस्कृत



ललितपुर | नेपाल पत्रकार महासंघ ललितपुरको १४ ओैं अधिवेशन तथा वार्षिक साधारणसभामा राससकर्मी माधवप्रसाद घिमिरेसहित ९ पत्रकार पुरस्कृत हुनुभएको छ । शुक्रबार सम्पन्न साधारणसभामा महासंघ जिल्ला कार्यसमितिकाे निर्णयबाट राष्ट्रिय समाचार समितिमा पाटन डेटलाइनबाट समाचार सम्प्रेषण गरिरहनुभएका घिमिरे, ललितपुरमा क्रियाशील पाेजेटिभ आइ नेपालका गंगाबहादुर लामा, कृषि पत्रिका अनलाइनमा कार्यरत गाेपाल आलेमगर ललितपुर पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।

त्यस्तै, क्रियाशील युवा पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसमा कार्यरत केशवबहादुर भुल र नयाँ पत्रिका दैनिकमा कार्यरत अम्बिका कुमारी पाैडेल पुरस्कृत हुनुभएको छ ।

शाखाले पूर्वअध्यक्ष तथा महासंघका केन्द्रीय लेखा समिति संयाेजक लेखनाथ न्याैपाने धर्मरत्न शाक्य आदर्श पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ भने प्रेस सेनानी सम्मानबाट पूर्वअध्यक्ष प्रभुनारायण बस्नेत र धर्मेन्द्र कर्ण पुरस्कृत हुनुभएको छ ।

साधारणसभामा शाखाले पूर्वअध्यक्षहरु प्रभुनारायण बस्नेत, उजिर मगर, लेखनाथ न्याैपाने र ज्ञानप्रसाद पाैडेललाई पूर्वअध्यक्षकाे सम्मान समेत प्रदान गरेको छ।
पुरस्कृत हुनेहरुलाई सूचना, सञ्चार तथा प्रबिधि मन्त्री रेखा शर्माले सम्मानपत्र सहित पुरस्कार रकमकाे चेक हस्तान्तरण गर्नुभयाे ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार