काठमाडौँ । नेपाल प्रहरीको दुईजना एआईजीको सरुवा भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजी सुदीप गिरीलाई सरुवा गरिएको छ । उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए ।
बिहीबार बसेको मन्त्रिपरिषद्ले मानवश्रोत विकास विभागमा कार्यरत टेक प्रसाद राईलाई प्रशासन विभागमा सरुवा गरेको छ । बिहीबार एआईजीमा बढुवा भएका भीम प्रसाद ढकाललाई मानवश्रोत विकास विभाग र उमेश राज जोशीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको प्रधानमन्त्रीको कार्यालयका एकजना उच्च अधिकृतले बताए ।
प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार





