उपनिर्वाचन: इलाम र बझाङमा सुरू भयो मतदान



इलाम र बझाङमा मतदान सुरू भएको छ। इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १(१)का मतदान केन्द्रहरूमा मतदान सुरू भएको हो।

इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले सबै मतदान केन्द्रहरूमा मतदान सुरू भएको जानकारी दिए। ‘तोकिएकै समयमा सबै केन्द्रहरूमा मतदान शान्तिपूर्ण तरिकाले सुरू भएको छ,’ सहायक निर्वाचन अधिकृत श्रेष्ठले भने।

त्यस्तै बझाङमा पनि मतदान सुरू भइसकेको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। ‘केही ठाउँबाट सुरू भइसकेको जानकारी आएको छ। केही ठाउँमा बुझ्दै छौं। तोकिएकै समयमा मतदान सुरू भएको छ,’ उनले भने।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार