झण्डै ३४ हजार कामदार कोरिया जाने बाटो खुल्यो



काठमाडौं । कोरिया सरकारले निजी रोजगारदातालाई ३३ हजार ८ सय ३ जना विदेशी श्रमिक भर्ना गर्न अनुमति दिएको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालयले थप श्रमिक भित्राउनको लागि श्रोत देशबाट ल्याउने श्रमिकको कोटा छुटाएको हो ।

रोजगारदाताले आफूलाई चाहिने श्रमशक्ति कोरियन नागरिक नभेट्टाएमा मात्रै श्रोत देशबाट ल्याउन पाइनेछ । कोरियाले २०२४ मा मात्रै विदेशी श्रमिक ल्याउनको लागि ५ औं पटक श्रमिक संख्या निर्धारण गरेको हो ।

जसअनुसार उत्पादन क्षेत्रतर्फ २० हजार एकसय ३४, सेवा क्षेत्र तर्फ ५ हजार ५८, कृषि तथा पशुपालन क्षेत्र तर्फ तीन हजार ६ सय ४८, माछापालन तर्फ दुई हजार दुई सय ४९ जना, निर्माण क्षेत्रमा एक हजार चारसय १४, र पानी जहाज क्षेत्रको लागि एक हजार तीन सय जना छुट्टाइएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार