प्रहरीले दुई दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने, यस्तो छ रुट



काठमाडौँ । नेपाल प्रहरीले दसैँमा काठमाडौँ उपत्यकाका लागि दुई दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । प्रहरीले शुक्रबार र शनिबार निःशुल्क बस सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।

दसैँमा सार्वजनिक यातायात कम चल्ने हुँदा प्रहरीले हरेक दसैँमा सर्वसाधारणको सुविधाका लागि बस सेवा सञ्चालन गर्दै आइरहेको छ । यो वर्ष पनि दुईवटा रुटमा बस सेवा सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रवार