ईपीएसको उत्पादनमुलक तर्फको सीप परीक्षणमा ८ हजार उत्तीर्ण



काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले उत्पादनमूलक तर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को सीप र प्रतिस्पर्धी क्षमता परीक्षाको नतिजा सार्वजनिक गरेको छ । उक्त परीक्षामा ८ हजार १५१ जना परीक्षार्थी उत्तीर्ण भएका शाखाले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार रोजगार अनुमति प्रणाली अन्तर्गत प्रयोगात्मक परीक्षापछि कोरिया नेपाली कामदार पाउने गरी नतिजा सार्वजनिक भएको हो । गत १ भदौ ८ देखि २४ सम्म भएका सीप परीक्षणमा ८९३२ जना सहभागी भएका थिए । जसमा ८ हजार १५१ जना उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रवार