जापानी वैज्ञानिकहरूले बनाए भिर्ने झोलामा राख्न मिल्ने विद्युतीय बाइक (भिडियो)



जापानी वैज्ञानिकहरूले पट्ट्याउँदाखेरी भिर्ने झोलामा समेत राख्न मिल्ने विद्युतीय बाइक बनाएका छन् । पोर्टेबल यान्ड इन्फ्लेटेबल मोबिलिटी (छोटकरीमा पोइमो) नाम दिइएको विद्युतीय बाइकलाई टोक्यो विश्वविद्यालयको अनुसन्धान टोलीले बनाएको हो । उनीहरू छोटो र मध्यम दूरीको यातायातलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनी अनुसन्धान गरिरहेका थिए ।

त्यसक्रममा उनीहरूले पट्ट्याउन मिल्ने हलुका विद्युतीय बाइक बनाए जसलाई मानिसले सार्वजनिक यातायातमा उभिँदा झोलामा राख्न मिल्छ । अनि सार्वजनिक यातायात नपुगेको ठाउँमा झोलाबाट बाइक निकालेर त्यसलाई फुलाएर त्यसमा चढेर जान मिल्छ । पोइमो थर्मोप्लास्टिक पोलीयुरेथेन (टीपीयू) फ्याब्रिकबाट बनेको स्पेक्ट्रम पत्रिकामा प्रकाशित एक समाचारमा उल्लेख छ ।

बाइकमा एउटा सानो विद्युतीय पम्प छ जसले यसको फ्रेमलाई एक मिनेटमा फुलाइदिन्छ । बाइकको फ्रेममा रबरका दुई जोडी साना ह्वील जडिएका छन् र सानो विद्युतीय मोटर पनि छ । अनि बाइकको ह्यान्डलबारमा जोडिएको वायरलेस नियन्त्रक पनि छ । यस बाइकको तौल साढे ५ किलो छ र अनुसन्धाता टोलीले यसभन्दा पनि हलुका बाइक भविष्यमा बनाउने योजना रहेको बताएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार