
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। सोमबार बिहान ११ बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउनेछन्।
राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए।
प्रकाशित मिति : २०८१ असार ३२ गते सोमवार