ललितपुर | ललितपुरकाे बागमती गाउँपालिकाले मनसुन विपद व्यवस्थापनका लागि पूर्वतयारी सुरु गरेको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष भक्तबहादुर दर्लामीकाे अध्यक्षतामा शुक्रबार बसेकाे बैठकले मनसुनजन्य विपदकाे अति जाेखिममा रहेको बागमती गाउँपालिकाले ७ वटै वडामा विपद व्यवस्थापनका लागि हरेक विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको हाे।
“समन्वय कसरी गरेर जाेखिम न्युनिकरण गर्न सकिन्छ भन्ने नै हाे, मानवीय क्षति हुन नदिन र भाैतिक क्षति राेक्न पहल गर्ने छाैं, यसकालागि रेडक्रस, अन्य संघसंस्थासंग समन्वय र सहकार्यलाई प्राथमिकता दिएर लाग्ने छाैं ।” उहाँले भन्नुभयो ।
वैठकले वडास्तरीय विपद व्यवस्थापन उपसमिति गठन गर्ने र हरेक वडाका जाेखिम क्षेत्र पहिचान गर्ने र सतर्कताका लागि स्थानीयहरुलाई सहजीकरण गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले जानकारी गराउनुभयाे । उहाँले स्थानीय विपद व्यवस्थापन ऐन अनुसार नीतिगत व्यवस्थामा आधारित रहेर व्यवहारिक रुपमा समन्वय र सहकार्यका लागि बजेट व्यवस्थापन गरि काम गर्ने विपद व्यवस्थापनका कामहरु गर्ने बताउनुभयो । उहाँले विपदमा प्रहरीलाई परिचाल हुन समन्वय र सहकार्यका लागि राहत तथा उद्धार सामग्रीको व्यवस्थापन गरिने समेत जानकारी गराउनुभयाे ।
भट्टेडाँडा प्रहरी चाैकीका प्रमुख उद्धव महतले विपदका समयमा आवश्यकता र अवस्थाका आधारमा प्रहरी परिचालनलाई प्रभावकारी बनाउँदै जाेखिम न्युनिकरणमा स्थानीय नागरिक र पालिकासंग समन्वय, सहकार्यमा निरन्तर लागि पर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले बर्षातकाे समय सुरु भैसकेकोले सडकका लागि नयाँ ट्याक खन्ने काम बन्द गरिनुपर्ने, मनसुनकाे समयमा नदिजन्य उत्खननलाई बन्द गरिनुपर्नेमा पालिकाकाे ध्यानाकर्षण गराउनुभएकाे थियो ।





